Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

आजको मौषम पूर्वानुमान विवरण हेर्नुहोस (१ भदौ २०८१ शनिबार)

यी प्रदेशमा पर्दै छन् भारी वर्षात !

  •   २ वर्ष अघि | १ भदौ २०८१, शनिबार

काठमाण्डौ ।


१. कोशी प्रदेश: 

आज कोशी प्रदेश मा आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पहाडी भेगमा बेलुकातिर भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

२. मधेश प्रदेश:

मधेश प्रदेशमा दिनभरि नै आंशिकदेखि सामान्य बदली रहने छ। विशेष गरी दिउँसो र राति मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

३. बागमती प्रदेश:

बागमती प्रदेशमा बिहानदेखि नै सामान्य बदली रहनुका साथै, मध्यान्हपछिको समयमा धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यका र चुरे क्षेत्रका केही स्थानमा भारी वर्षा पनि हुनसक्छ।

४. गण्डकी प्रदेश:

गण्डकी प्रदेशमा आज आंशिकदेखि सामान्य बदली रहनुका साथै, केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडी र उच्च हिमाली भेगमा भारी वर्षा हुने सम्भावना रहेको छ।

५. लुम्बिनी प्रदेश:

लुम्बिनी प्रदेशमा सामान्य बदलीको अवस्था रहनुका साथै, केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। चुरे र पहाडी क्षेत्रमा वर्षा हुन सक्ने सम्भावना छ।

६. कर्णाली प्रदेश:

कर्णाली प्रदेशमा दिनभरि नै सामान्य बदली रहनेछ। दिउँसो र राति मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी मध्य र पूर्वी भागमा भारी वर्षा हुने सम्भावना छ।

७. सुदूरपश्चिम प्रदेश:

सुदूरपश्चिम प्रदेशमा आज आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। पहाडी र तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।


वर्षात ले हुने अप्रिय घटनामा सचेत हुन र सतर्क रहनुहोस् सावधानी अपनाउन आग्रह गरिन्छ, विशेष गरी ती क्षेत्रहरूमा जहाँ भारी वर्षाको सम्भावना रहेको छ। बाढी, पहिरो र जलप्लावनको जोखिमलाई ध्यानमा राखी सतर्क रहनुहोस्। शुभ दिन।।

  • Jigyasa media

थप