Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

सन्दीप लामिछानेलाई अमेरिकी भिसा प्राप्त, अमेरिका प्रस्थानको तयारी

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, २०८१  काठमाडौं

नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको भिसा पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप आजै (शुक्रबार) अमेरिका प्रस्थान गर्ने तयारीमा छन्।

नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० शृङ्खला आजदेखि सुरु भएको छ, जसको पहिलो खेल नेपालले जितिसकेको छ। यो शृङ्खला नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ को हिस्सा हो, जुन अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि, भिसा नपाउँदा सन्दीपले अमेरिकामा हुने टी-२० विश्वकपका खेलहरूमा सहभागी हुन पाएका थिएनन्। क्यानडामा खेलेपछि सन्दीप भिसा अभावका कारण स्वदेश फर्किनुपरेको थियो, तर अब उनले अमेरिकी भिसा पाएपछि शृङ्खलामा खेल्न अमेरिका जानेछन्।


  • Jigyasa media

थप