Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

गुजरातलाई घरेलु मैदानमै हराउँदै पञ्जाब किङ्सको शानदार जित

  •   २ वर्ष अघि | १२ चैत्र २०८१, मङ्लबार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै सानदार जित दर्ता गरेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २४३ रनको विशाल योगफल तयार गर्‍यो। २४४ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २३२ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा नाटकीय मोड

अन्तिम ओभरमा गुजरातलाई जितका लागि २७ रन आवश्यक थियो। तर, पञ्जाबका बलर अर्शदिप सिंहले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिँदै खेल आफ्नो पक्षमा ल्याए।

गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ७४ रन जोडे। उनले ४१ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। कप्तान शुभ्मन गिलसँग पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका उनले जोस बटलरसँग दोस्रो विकेटका लागि ८४ रनको महत्त्वपूर्ण साझेदारी गरे।

गिलले १४ बलमा ३३ रन बनाएर क्याच आउट भए भने जोस बटलरले अर्धशतकीय ५४ रनको योगदान दिए। सर्फान रदरफोर्डले ४६ रन बनाएर बोल्ड आउट भए। शाहरुख खान ६ रनमा तथा अर्सद खान १ रनमा अविजित रहे।

पञ्जाबका बलर अर्शदिप सिंहले सर्वाधिक २ विकेट लिए भने मार्को जेन्सेन र ग्लेन म्याक्सवेलले समान १–१ विकेट हात पारे।

पञ्जाबको ब्याटिङ विस्फोटक

पहिले ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरे। उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गर्दै ९७ रनको अविजित इनिङ्स खेले।

ओपनर प्रियांश आर्यले ४७ रन बनाए भने प्रविशिमरन सिंह ५ रनमै आउट भए। अज्मतुल्लाह ओमराजीले १६, मार्कस स्टोइनिसले २० रन बनाउँदा शशांक सिंह ४४ रनमा अविजित रहे।

गुजरातका लागि साई किशोरले ३ विकेट लिए भने कागिसो राबडा र राशिद खानले १–१ विकेट हात पारे।


  • Jigyasa media

थप