Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

आईपीएलमा दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आशुतोष शर्माको विस्फोटक इनिङ्स

  •   २ वर्ष अघि | ११ चैत्र २०८१, सोमवार

काठमाडौं, चैत १२ – आशुतोष शर्माको उत्कृष्ट ब्याटिङको मद्दतले दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोमाञ्चक जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गर्‍यो।

लखनउले प्रस्तुत गरेको २१० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। अन्तिम ३ ओभरमा ३९ रन आवश्यक पर्दा विकेट गुम्न थालेपछि आशुतोषले निर्णायक भूमिकामा रहँदै टोलीलाई जित दिलाए।

खेलको सुरुआतमै ३ विकेट गुमाउँदै दबाबमा परेको दिल्लीका लागि अक्षर पटेल, फाफ डु प्लेसी, र ट्रिस्टन स्टब्सले केही सम्हालिए पनि जितको आधार आशुतोष र विप्राज निगमले तयार गरे। आशुतोषले ६६ रनको अविजित इनिङ्स खेले भने विप्राज निगमले ३९ रन बनाए। यी दुई खेलाडीले सातौं विकेटका लागि ५५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनाएको थियो। निकोलस पूरनले सर्वाधिक ७५ रन बनाए भने मिचेल मार्शले ७२ रनको योगदान दिए।

बलिङतर्फ दिल्लीका मिचेल स्टार्कले ३ विकेट लिए भने कूलदीप यादवले २ विकेट हात पारे। मुकेश कुमार र विप्राज निगमले १-१ विकेट लिए। लखनउका लागि शार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राथी, र रवि विश्नोइले समान २-२ विकेट झारे।


  • Jigyasa media

थप