Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

आईपीएल २०२५: लखनउको पहिलो जित, हैदराबादलाई ५ विकेटले हरायो

  •   २ वर्ष अघि | १४ चैत्र २०८१, बिहिबार

काठमाडौं, चैत १५ – निकोलस पूरन र मिचेल मार्शको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित दर्ता गरेको छ।

बिहीबार सम्पन्न खेलमा लखनउले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्‍यो। १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

लखनउका लागि पूरनले २६ बलमा ६ चौका र ६ छक्कासहित ७० रन बनाए, भने मार्शले ३१ बलमा ७ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए। अब्दुल समद २२ रनमा अविजित रहे, जबकि डेभिड मिलरले १३ रन जोडे। कप्तान रिषभ पन्तले १५ रन बनाए।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको थियो। टोलीका लागि ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए, भने अनिकेत वर्माले ३६ र नितिश रेड्डीले ३२ रनको योगदान दिए।

बलिङतर्फ लखनउका शार्दुल ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। आवेश खान, रवि विश्नोई, दिग्वेश राथी र प्रिन्स यादवले समान १-१ विकेट झारे।

यो जितसँगै लखनउले २ खेलबाट २ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। हैदराबादको पनि समान खेलबाट समान अंक भए पनि नेट रन रेटको आधारमा छैटौं स्थानमा छ।


  • Jigyasa media

थप