Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

आईपीएल २०२५: गुजरातको पहिलो जित, मुम्बईको लगातार दोस्रो हार

  •   १ वर्ष अघि | १७ चैत्र २०८१, आइतवार

१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत शनिबार सम्पन्न खेलमा गुजरात टाइटन्सले पहिलो जित हासिल गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको प्रतिस्पर्धामा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको हो।

गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बई इन्डियन्स २० ओभरमा ६ विकेटको क्षतिमा १६० रनमै रोकियो। मुम्बईका लागि सूर्यकुमार यादवले ४८ रन तथा तिलक वर्माले ३९ रनको योगदान दिए।

गुजरातको बलिङ दबाब मुम्बईका ओपनर रोहित शर्मा (८) र रायन रिकेल्टन (६) रनमै आउट भएपछि सूर्यकुमार यादव र तिलक वर्माले केही समय पारीलाई सम्हाल्ने प्रयास गरे। तर, प्रसिद्ध कृष्णाले उत्कृष्ट बलिङ गर्दै मुम्बईको ब्याटिङ लाइनअपमाथि दबाब सिर्जना गरे। उनले १२औं, १४औं, १६औं र १८औं ओभर बलिङ गर्दै मात्र १८ रन दिएर २ विकेट लिए। साइ किशोरले पनि उत्कृष्ट प्रदर्शन गर्दै मुम्बईलाई लक्ष्यसम्म पुग्न नदिने वातावरण तयार गरे।

गुजरातका तर्फबाट मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान २-२ विकेट लिए भने साइ किशोर र कगिसो रबाडाले १-१ विकेट झारे।

गुजरातको उत्कृष्ट ब्याटिङ त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। साई सुदर्शनले ६३ रनको प्रभावशाली पारी खेले भने जस बटलरले ३९ र कप्तान शुभमन गिलले ३८ रनको योगदान दिए। शेरफान रदरफोर्डले १८ रन बनाए।

मुम्बईका लागि हार्दिक पाण्ड्याले २ विकेट लिँदा मुजीब उर रहमान, दीपक चहर, ट्रेन्ट बोल्ट र सत्यनारायण राजुले समान १-१ विकेट हात पारे।

अंकतालिकामा गुजरातको सुधार यो जितसँगै २ खेलबाट २ अंक जोड्दै गुजरात अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने लगातार दुई खेलमा हार बेहोरेको मुम्बई अंकविहीन रहँदै नवौं स्थानमा छ ।


  • Jigyasa media

थप