Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

त्रिपुरेश्वरमा सम्पन्न तेक्वान्दो प्रतियोगिता: काभ्रेले जित्यो उपाधि

  •   १ वर्ष अघि | २६ माघ २०८१, शनिबार

काठमाडौं, त्रिपुरेश्वर । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको समन्वय तथा टोखा नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित "वाग्मती प्रदेश स्तरीय जुनियर आई.टी.एफ. तेक्वान्दो प्रतियोगिता"को उपाधि काभ्रे जिल्लाले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भव्य रूपमा सम्पन्न भएको उक्त प्रतियोगितामा ११ वटा जिल्लाका २५० भन्दा बढी खेलाडीहरू र ४० जना भन्दा बढी राष्ट्रिय स्तरका रेफ्रीहरूले निर्णायकको भूमिका निर्वाह गरेका थिए।


कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलले गर्नु भएको थियो भने समापन समारोह टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी ज्यूँ को प्रमुख आतिथ्यमा विशेष अतिथि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, बिषेश अतिथि शेर बहादुर बि.सि. र अतिथि वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको उपस्थितिमा बिजय खेलाडीहरुलाई सम्मान तथा पुरस्कार बितारण भएको थियो।

प्रतियोगिताको नतिजा

**काभ्रेपलाञ्चोक प्रथम स्थानमा रह्यो

**काठमाडौंले दोस्रो स्थान हासिल गर्‍यो

**ललितपुर तेस्रो स्थानमा रह्यो


कार्यक्रम सञ्चालनमा टोखा नगरपालिकाका वडा सदस्य, काठमाण्डौ जिल्ला तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष सरोज ठकुरी काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव रितिज पुरी, कोषाध्यक्ष डेविट घले तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकका तर्फबाट प्रतियोगिता आयोजक ब्यावस्थापक संयोजक एवं धपासी (ITF) डोजाङका प्रमुख प्रशिक्षक कर्साङ दोर्जे स्याङ्बा तामाङले सबै सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

  • Jigyasa media

थप