Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

भारतीय क्रिकेटर अंशुमान गायकवाडको निधन

  •   २ वर्ष अघि | १७ साउन २०८१, बिहिबार

काठमाडौं । भारतीय पूर्व क्रिकेटर तथा पूर्व मुख्य प्रशिक्षक अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ। उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए।


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गरेका छन्। बोर्डले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो। यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गरेका थिए।


उनले गत जुनमा लन्डनको किङ्स कलेज अस्पतालमा ब्लड क्यान्सरको उपचार गराएका थिए। यसपछि उनी भारत फर्किएका थिए। गायकवाडले भारतका लागि ४० टेस्ट र १५ ओडीआई खेलेका थिए। उनी सन् २००० आईसीसी च्याम्पियन्स ट्रफीमा उपविजेता बनेको भारतीय टोलीका प्रशिक्षक पनि थिए। गायकवाडले २२ वर्षको करियरमा २०५ प्रथम श्रेणी खेल पनि खेलेका थिए।

  • Jigyasa media

थप