Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

नेपाल भारतसँग ८२ रनले पराजित

एसिया कपको समूहचरणबाटै बाहिरियो

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

काठमाडौं  । नेपाल भारतसँग ८२ रनले पराजित भएको छ। एसीसी महिला एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो। पराजित भएसँगै नेपाल एसिया कपको समूहचरणबाटै बाहिरिएको छ।

भारतले १७९ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपालले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन बनाइन्। त्यस्तै बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५, इन्दु बर्माले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओ‌भरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको हो। भारतका लागि सफाली बर्माले ८१ रन बनइन्। त्यस्तै दायालान हेमालाथाले ७ रन र सजिवन सजनाले १० रन बनाइन्। जेमिमा रोड्रीग्ययु २८ र रीचा घोस ६ रनमा अविजित रहिन् ।


नेपालका लागि सीत राना मगरले २ विकेट लिइन् भने कविता जोशीले १ विकेट लिइन्। नेपालल युएईलाई हराउँदै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

  • Jigyasa media

थप