Breaking News
सधैँको लागि आउने भए मेरी बनाउँला    ||     वितरण गरेको ग्यासको अभिलेख नराख्ने फर्मलाई २० हजार जरिवाना    ||     देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||    

३ रनले चुक्यो नेपालको सपना, कुवेत बन्यो चारदेशीय टी–२० श्रृङ्खलाको विजेता

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

जिज्ञासा नेपाल | चैत ३१, काठमाडौं । हङकङको मङककस्थित मिसन क्रिकेट मैदानमा सम्पन्न चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको रोमाञ्चक फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट चुकिएको छ।

कुवेतले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो।

नेपाललाई १७५ रनको चुनौती दिइएको थियो। जवाफी इनिङमा नेपाल १९.३ ओभरमा १७१ रनमै अलआउट भयो।

नेपालको सुरुवात निकै खराब रह्यो। पावरप्लेमै चार विकेट गुमाएपछि नेपालको ब्याटिङ धरासायी भयो। तर बसिर अहमद र नन्दन यादवले नवौं विकेटका लागि ७२ रनको संघर्षपूर्ण साझेदारी गर्दै टिमलाई जितको नजिक पु¥याए।

अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा नो बलमा आएको छक्काले आशा बढायो। तर ६ बलमा ४ रन बनाउनु पर्ने दबाबमा बसिर अहमदले ठूलो सट खेल्ने प्रयास गर्दा बाउन्ड्री लाइनमा क्याच आउट हुँदै खेल गुम्यो।

बसिरले ४३ बलमा ८० रन बनाउँदै सानदार इनिङ खेले, जसमा उनले ८ चौका र ४ छक्का प्रहार गरे।

नन्दन यादवले ३७ रन बनाए।

आसिफ शेखले २१ रन बनाए पनि अन्य कुनै ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।

कुवेतका बलरमध्ये अनुदिप चेन्थामाराले ३ विकेट लिए। यासिन पटेल र नवीनराज राजेन्द्रनले २–२ विकेट तथा मोहम्मद अस्लमले १ विकेट लिए।

यसअघि ब्याटिङमा उत्रिएको कुवेतका लागि ओपनर रविजा सान्द्रारुवानले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्का हाने। क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, र मित भवसारले १६ रन बनाए।

नेपालका लागि बलिङमा नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए। करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।

तीन रनको यो नाटकीय हारले उपाधि त गुम्यो, तर बसिर र नन्दनको साहसी प्रदर्शनले भविष्यप्रति आशा जगाएको

छ ।

  • Jigyasa media

थप