Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित!

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

काठमाडौं – नेपाली फुटबलमा ऐतिहासिक क्षण! नेपालले सिंगापुरलाई उसकै घरेलु मैदानमा पराजित गर्दै ३६ वर्षपछि पहिलो जित दर्ता गरेको छ।

शुक्रबार सिंगापुरको नेसनल स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपालले १-० को रोमाञ्चक जित हात पार्यो। नेपालका लागि निर्णायक गोल जिलेस्पी जंग कार्कीले गरे। खेलको १२औं मिनेटमा मनिष डाँगीको उत्कृष्ट असिस्टमा कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाए।

यो जितसँगै नेपालले ३६ वर्षको लामो पर्खाइ तोडेको छ। पछिल्लो पटक सन् १९८९ मा नेपालले सिंगापुरविरुद्ध खेलेको विश्वकप छनोट खेलमा दुबै लेगमा ३-० र ५-० को हार बेहोरेको थियो।

यस ऐतिहासिक जितले नेपाली फुटबलमा नयाँ आत्मविश्वास भरेको छ।


  • Jigyasa media

थप