Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

गुजरातको शानदार जित, बेंगलुरुको पहिलो पराजय

  •   २ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

 चैत२१, काठमाडौं । जस बट्लरको अविजित अर्धशतकको मद्दतले गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित दर्ता गरेको छ। बुधबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ८ विकेटले पराजित गर्दै गुजरातले महत्त्वपूर्ण दुई अंक हासिल गर्‍यो।

बेंगलुरुले प्रस्तुत गरेको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमै मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। बट्लरले विस्फोटक प्रदर्शन गर्दै ३९ बलमा ७३ रन बनाए, जसमा ५ चौका र ६ छक्का सामेल थिए। त्यस्तै, साइ सुदर्शनले ४९ रन योगदान दिए भने शेरफन रदरफोर्ड ३० रनमा अविजित रहे। कप्तान शुभमन गिलले १४ रन बनाए।

बेंगलुरुका बलर जोश हेजलवूड र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। टोलीका लागि लियाम लिभिङस्टनले ५४ रनको महत्वपूर्ण योगदान दिए भने जितेश शर्माले ३३ र टिम डेभिडले अविजित ३२ रन बनाए।

गुजरातका बलर मोहम्मद सिराजले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। साइ किशोरले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए भने इशान्त शर्मा, प्रसिध कृष्णा र अर्शद खानले समान १-१ विकेट हात पारे।

यस जितसँगै गुजरातले तीन खेलबाट ४ अंक जोड्दै चौथो स्थान सुरक्षित गरेको छ, जबकि समान खेल खेलेको बेंगलुरु शीर्षस्थानबाट तेस्रो स्थानमा झरेको छ।


  • Jigyasa media

थप