Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

त्रिदेशीय टी-२० सिरिज : नेदरल्यान्ड्ससँग नेपाल पराजित

  •   २ वर्ष अघि | १७ माघ २०८१, बिहिबार

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २० रनले पराजित भएको छ।

१५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १३७ रन मात्र जोड्न सक्यो। नेपालको तर्फबाट सीता राना मगरले सर्वाधिक २८ रन बनाइन् भने कविता जोशीले २७, पूजा महतोले २४ र रुविना क्षेत्रीले ११ रन जोडे। अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १५७ रन बनायो। टोलीका लागि रोविने रिज्केले अविजित ५९ रन, स्टेरी कालिसले २९, हिदर सिजर्सले २३ र इरिस ज्विलिङले अविजित ३१ रन बनाए।

नेपालले आफ्नो अर्को खेल थाइल्यान्डविरुद्ध खेल्नेछ।


  • Jigyasa media

थप