Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह 'ए' बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह 'ए' बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन्। मंगलबार सम्पन्न समूह 'ए' को खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २-० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेशले सेमिफाइनल यात्रा सुनिश्चित गरेका हुन्। श्रीलङ्का भने समूह 'ए' का दुवै खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। सोमबार सम्पन्न समूह 'बी' को खेलमा भारतले भुटानलाई १-० गोलले हराएको थियो।

समूह 'ए' मा नेपालसँग पराजित भएको श्रीलङ्का सेमिफाइनल पुग्न यो खेल जित्नै पर्ने अवस्थामा थियो भने बङ्गलादेशले आफ्नो पहिलो खेल खेल्दै थियो।

यस प्रतियोगितामा नेपालसहित ६ देशले भाग लिएका छन्। नेपाल समूह 'ए' मा बङ्गलादेश र श्रीलङ्कासँग रहेको छ भने समूह 'बी' मा भारत, भुटान, र माल्दिभ्स रहेका छन्। नेपालले समूह चरणको अर्को खेल बिहीबार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ।

  • Jigyasanepal

थप