Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

साफ यू-१७ च्याम्पियनसिप: नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

काठमाडौं – भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिपको समूह बी अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० को हार बेहोरेको छ। शनिबार चाङल्मिथाङ स्टेडियममा भएको प्रतिस्पर्धामा पाकिस्तानका वैकल्पिक खेलाडी मुहम्मद तल्हाले ८१औं मिनेटमा निर्णायक गोल गर्दै पाकिस्तानलाई जित दिलाए।

तल्हा खेलको ७० औं मिनेटमा अब्दुल घानीको स्थानमा मैदान प्रवेश गरेका थिए र ११ मिनेटमै निर्णायक गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए। नेपालले खेलमा बराबरीको मौका खोजे पनि पाकिस्तानको गोलकिपरलाई चुनौती दिन असफल रह्यो।

अब नेपालले सोमबार श्रीलंका र बुधबार भुटानसँग आफ्नो बाँकी समूह चरणका खेलहरू खेल्नेछ।


  • Jigyasanepal

थप