Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

विश्वकप लिग -२ आज नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँंदै

  •   १ वर्ष अघि | २५ जेष्ठ २०८२, आइतवार

जिज्ञासा नेपाल | जेठ २५, २०८२, आइतबार | काठमाडौँ

आइसिसी विश्वकप लिग–२ अन्तर्गत चलिरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिल मैदानमा खेल सुरु हुनेछ।

लगातार दुई खेलमा विजय हासिल गर्दै उत्साही बनेको नेपाल आजको खेलमार्फत तेस्रो जित हात पार्ने लक्ष्यमा रहेको छ। पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ बल बाँकी छँदै १ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।

त्यसैगरी, नेपालसँग पहिलो खेलमा पराजित भएको स्कटल्यान्ड आजको खेलमा हारको बदला लिने उद्देश्यसहित मैदान उत्रने तयारीमा छ। स्कटल्यान्डले नेदरल्यान्ड्सलाई भने ४४ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरिसकेको छ।

हालसम्मको लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले १८ खेलमध्ये १० मा जित, ६ मा हार र २ खेलमा अंक बाँडेको छ। २२ अंकका साथ स्कटल्यान्ड चौथो स्थानमा रहेको छ। नेपाल भने १४ खेलमध्ये ४ मा जित, ८ मा हार र २ खेलमा अंक बाँड्दै १० अंकका साथ सातौँ स्थानमा रहेको छ।

विश्वकप लिग–२ अन्तर्गतको यो सिरिज नेपालका लागि आगामी चरणमा पुग्न महत्वपूर्ण रहेकोले प्रत्येक खेल निर्णायक बन्दै गएको छ।


🔴 आजको खेल
📍 स्थान: फोर्थहिल, डुन्डी, स्कटल्यान्ड
🕒 समय: नेपाली समय अनुसार दिउँसो ३:४५ बजे
🏏 नेपाल बनाम स्कटल्यान्ड – रोमाञ्चक द्वन्द्वको अपेक्षा

  • Jigyasanepal

थप