Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कञ्चनपुरमा असारको बाढीले १.५ अर्बभन्दा बढीको क्षति

  •   २ वर्ष अघि | ७ भदौ २०८१, शुक्रबार

काठमाडौँ - असारको तेस्रो साता आएको भीषण बाढीले कञ्चनपुर जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, बाढीले करिब रु एक अर्ब ५० करोड बराबरको भौतिक सम्पत्ति नष्ट गरेको छ, जसमा भौतिक पूर्वाधार, कृषि बाली, उद्योग, र पशुधनमा ठूलो नोक्सानी भएको छ।

जिल्लाभरको कुल क्षति रु एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ पुगेको निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले जानकारी दिए। बाढीका कारण कञ्चनपुरमा चार जनाको मृत्यु भएको छ।

विशेष गरी, कृषि क्षेत्रमा रु ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको नोक्सानी भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन, सडक डिभिजन, र अन्य पूर्वाधार कार्यालयहरूमा पनि ठूलो क्षति पुगेको छ।

मौसमविद्को टोलीले यस वर्षालाई ‘क्लाउड ब्रस्ट’का कारण भएको मुसलधारे वर्षा भनेर चिन्हित गरेको छ। असार २३ र २४ गते कञ्चनपुरमा भारी वर्षा भएको थियो, जुन इतिहासमै दुर्लभ मानिएको छ।

  • Jigyasa media

थप