Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

जेठानीले गरिन देउरानीको हत्या: घरायसी विवादले निम्त्याएको दुःखद घटना

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

बैतडी, कात्तिक २७, २०८१ – बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका-२ मा सोमबार राति भएको घरेलु विवादले दुःखद मोड लिएको छ। ३० वर्षीया दिपा बोहराले काठको चिर्पटले हिर्काउँदा उनकी २५ वर्षीया देउरानी सुनिता बोहराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, दिपाले सुनिताको टाउकोमा प्रहार गर्दा घटनास्थलमै उनको ज्यान गएको हो।

प्रहरी निरीक्षक बलराम पाण्डेयले घरेलु विवादले उग्ररूप लिँदा झगडा भएको र त्यसकै क्रममा दिपाले सुनितामाथि आक्रमण गरेको जानकारी दिए। घटनापछि दिपालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकोछ।


  • Jigyasa media

थप