Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

धनगढीमा इन्धन ट्याङ्कर चालक र सहचालकमाथि धारिलो हतियार प्रहार

  •   २ वर्ष अघि | २३ भदौ २०८१, आइतवार

धनगढी, २३ भदौ – कैलालीको धनगढीमा इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन्। ना ६ ख ९४०६ नम्बरको ट्याङ्करमा सवार चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवामाथि आक्रमण भएको हो। दुबै घाइतेलाई माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्याङ्कर पार्किङको विषयमा विवाद हुँदा आक्रमण भएको हो। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप सोधपुछपछि घटनाको कारण खुलासा गरिने एसपी विष्टले बताएका छन्।

यस आक्रमणले ट्याङ्करको अघिल्लो भागको सिसा समेत फुटेको छ भने केही अन्य ट्याङ्करहरूमा पनि तोडफोड गरिएको छ।

  • Jigyasa media

थप