Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुरक्षाकर्मीको नाममा रकम असुली गर्ने दुई जना पक्राऊ

  •   २ वर्ष अघि | २४ कार्तिक २०८१, शनिबार

कात्तिक २४, धनगढी — कैलालीमा सुरक्षाकर्मीलाई दिनुपर्छ भन्दै पैसा असुली गरेको आरोपमा दुई जना अटो रिक्सा चालकलाई प्रहरीले पक्राउ गरेको छ। गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका गोदावरी नगरपालिका-२ अत्तरिया निवासी २७ वर्षीय लोकेन्द्र ओझाबाट उनीहरूले रकम लिएको आरोप छ।

पक्राउ परेका धनगढी उपमहानगरपालिका-३ मिलनचोकका २५ वर्षीय मनोज बहेडी र धनगढी-२ चौराहका ३१ वर्षीय करन बोहरामाथि नेपालतर्फका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भन्दै ओझासँग २,००० भारतीय रूपैयाँ असुलेको आरोप छ। घटनापछि सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

दुवै जनालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


  • Jigyasa media

थप