Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कडा निर्णय

  •   ९ महिना अघि | १९ भदौ २०८२, बिहिबार

भदौ १९, २०८२, काठमाडौं । सरकारले नेपालमा सञ्चालन हुने तर सूचीकृत हुन अस्वीकार गरेका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

बिहीबार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले तोकिएको समयसीमा भित्र सूचीकरण नगरेका सामाजिक सञ्जाललाई तत्काल निष्क्रिय गराउने निर्णय गरेको हो।

यसअघि सरकारले भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत सात दिनको अल्टिमेटम दिएको थियो। सो समयसीमा बुधबार राति १२ बजे सकिएको हो। त्यसअनुसार, अब सूचीकरणमा सहभागी नभएका सामाजिक सञ्जाललाई नेपालभित्र पूर्ण रूपमा बन्द गरिनेछ।

हालसम्म सूचीकृत हुनेमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै रहेका छन्। बाँकी सामाजिक सञ्जाल सूचीकरणमा नआए तत्काल निष्क्रिय गरिने सञ्चार मन्त्रालयले जनाएको छ।

यसअघि सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल र ओटीटी एप्समार्फत प्रसारण हुने विज्ञापनसहितका सामग्रीमाथि बन्देज लगाउन सरकारलाई परमादेश दिएको थियो। अदालतले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक कानुन बनाउन समेत निर्देशन दिएको छ।

सरकारको यस निर्णयसँगै अब नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा रहने र अनियमित तथा अनियन्त्रित गतिविधिमाथि अंकुश लगाइने जनाइएको छ।


  • Jigyasanepal

थप