Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

बनेपामा ‘मोबाइल सफ्ट’को सामसङ एस–सेरिज बिक्री उत्सव, ७५ भन्दा बढी फ्लागसिप सेट बिक्री

  •   ३ महिना अघि | १३ फाल्गुन २०८२, बुधबार

बनेपा, काभ्रे — काभ्रेको बनेपामा विगत १६ वर्षदेखि मोबाइल बिक्री तथा सेवा क्षेत्रमा सक्रिय मोबाइल रिटेलर Mobile Soft ले सामसङका फ्लागसिप एस–सेरिज मोबाइलको उल्लेखनीय बिक्री उपलब्धि हासिल गर्दै विशेष उत्सव मनाएको छ।

कम्पनीका अनुसार हालसम्म सामसङका ७५ भन्दा बढी उच्चस्तरीय एस–सेरिज सेट बिक्री भइसकेका छन्। बनेपा क्षेत्रमा प्रिमियम स्मार्टफोनको माग तीव्र रूपमा बढिरहेको संकेतका रूपमा यसलाई लिइएको छ।

मोबाइल सफ्टका प्रोपाइटर मधुर दाहालले सामसङका हाई–रेन्ज मोडेलप्रति ग्राहकको आकर्षण उल्लेखनीय रूपमा वृद्धि भएको बताए। उनका अनुसार विशेषगरी Samsung Galaxy S25 सेरिजका ७५ भन्दा बढी सेट बिक्री भइसकेका छन्। आगामी नयाँ फ्लागसिप मोडेल Samsung Galaxy S26 छिट्टै सार्वजनिक हुने तयारीमा रहेको जानकारी दिँदै उनले उक्त मोडेलका लागि अग्रिम बुकिङ खुला गरिएको बताए।

“नयाँ S26 मोडेल खरिद गर्न इच्छुक ग्राहकले मोबाइल सफ्टमा सम्पर्क गरी अग्रिम बुकिङ गर्न सक्नुहुन्छ,” दाहालले भने।

बनेपा क्षेत्रमा लामो समयदेखि सेवा दिँदै आएको मोबाइल सफ्ट गुणस्तरीय उत्पादन, आधिकारिक सेवा तथा ग्राहक–मैत्री व्यवहारका कारण स्थानीय बजारमा विश्वासिलो ब्रान्डका रूपमा स्थापित भएको व्यवसायीहरूको भनाइ छ।

S26 मोडेलसम्बन्धी थप जानकारीका लागि मोबाइल सफ्ट बनेपाको आधिकारिक फेसबुक पेज वा प्रोपाइटर मधुर दाहाललाई सिधै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

  • Jigyasanepal

थप