Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो, तनहुँमा सर्वाधिक प्रभावित

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

काठमाडौँ । देशभर डेंगी संक्रमितको संख्या ४ हजार ९७ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार, अगस्ट १९ सम्म देशभरका ७४ जिल्लामा यो संख्या पुष्टि भएको हो। 

इडिसिडीको पछिल्लो विवरण अनुसार, हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्, जहाँ ७८१ जनामा डेंगी पुष्टि भएको छ। दोस्रो स्थानमा काठमाडौं छ, जहाँ ३८० जनामा डेंगी देखिएको छ। यसपछि क्रमशः कास्कीमा ३५१, पर्वतमा १७७, र चितवनमा १५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। 

डेंगी हालसम्म हुम्ला, जुम्ला, र मनाङबाहेक देशका सबै जिल्लामा फैलिएको छ। यस वर्ष हालसम्म डेंगीका कारण दुई जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

डेंगीको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमितको संख्या पनि बढेको छ। इडिसिडीका अनुसार, हालसम्म हैजाका ५८ जना संक्रमित फेला परेका छन्। पछिल्लो हप्तामा मात्रै काठमाडौंमा ३ जना हैजा संक्रमित भेटिएका छन्।

  • Jigyasa media

थप