Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न, छविरमण सिलवाल अध्यक्षमा निर्वाचित

  •   १ वर्ष अघि | ६ भदौ २०८२, शुक्रबार

काठमाडौं, भदौ ६ ।

सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सभाले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिमा उपाध्यक्ष – रामसुन्दर देउजा, महासचिव – प्रदीप सापकोटा,कोषाध्यक्ष – तारा केसी,सदस्यहरू – पूर्णबहादुर श्रेष्ठ, शुभद्रा अधिकारी, वसन्तराम नकर्मी लगायत छन् ।

प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले पानसमा द्धीप प्रज्वलन गर्दै सभाको उद्घाटन गरेका थिए । उनले भनाइमा संस्थाको दिगोपन र सदस्यहरूको एकताको महत्व जोड दिँदै भने –

> “साहित्यिक संस्था त धेरै खुल्छन्, तर मन नमिल्दा फुट्छन् । सुनकोशी त्यस्तो नहोस् । ‘यो मेरो संस्था हो’ भन्ने भावना सबैमा भए मात्र प्रतिष्ठान दीगो बन्छ । नाम जस्तै काम गरेर देखाउनु नै अबको चुनौती हो।”

उद्घाटन सत्रमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार पवन आलोक, लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरी कोइरालालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

बन्द सत्रमा महासचिव प्रदीप सापकोटाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मत अनुमोदन गर्यो । बन्द सत्रको अध्यक्षता निर्वाचन समितिका संयोजक श्रीबाबु कार्कीले गरेका थिए ।

कार्कीको संयोजकत्वमा सुमन सौरभ र अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको समितिले सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको हो । नवनिर्वाचित पदाधिकारीलाई प्रा.डा. गौतमले प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरे भने संयोजक कार्कीले सपथ खुवाएका थिए ।

स्थापना भएको छोटो अवधिमै प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधीमार्फत नेपाली वाङ्मय क्षेत्रमा छुट्टै प्रभाव छोडेको भन्दै वक्ताहरूले नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गरेका थिए ।

  • Jigyasanepal

थप