Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सरला गौतमको उपन्यास ‘अम्रिकाने काशी’ लोकार्पण

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

लेखक सरला गौतमको उपन्यास ‘अम्रिकाने काशी’ लोकार्पण तथा परिसंवाद भएको छ । शनिवार आयोजित एक समारोहमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, समलिंगी अभियान्ता सुलिबाबु पन्त र लेखक भूषिता वशिष्ठले पुस्तक लोकार्पण गरेका थिए ।

एक चेतनशील कुकुरको कथा लिएर आएका आख्यानकार सरला गौतमले मानवहरु नै जनावर र प्रकृतिलाई धावा बोलिरहेको बेला आफूले जनावरको माध्यमबाट चेतनाको स्तर पाठकहरुमाझ पस्कन कोसिस गरेको कुरा बताएकी थिइन् । भूषिताको चेनतशील कुकुरको कथा लेख्न केले प्रेरित गर्यो भन्ने प्रश्नमा सरलाको जवाफ थियो, ‘जनवार र प्रकृतिको नैसर्गिक लोकतन्त्रमा मानसिहरुले धावा बोलिरहेका छन् । यस्तो अवस्थामा कुकुरको चेतनासँग मानवीय कथालाई भन्न सकिने भएकाले यो उपन्यास लेखें । पढ्दा काल्पनिक लागेपनि हामीले देखेर पनि बेवास्ता गरिरहेको हाम्रै समाजको कथा हो यो ।’

मुस्ताङकको लेतेमा जन्मिएको कुकुर काशीले आफ्ना हक अधिकारका लागि अमेरिकासम्म पुगेर आएको र अधिकार स्थापनाका लागि मानव समाजसँग गरेको संघर्षको कथा उपन्यासमा चित्रण छ । बुकहिल पब्लिकेशनले प्रकाशन गरेको १६४ पृष्ठको सचित्र पुस्तकको मूल्य ५ सय रुपैयाँ छ ।

  • Mr. Admin

थप