Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य बन्ने तयारी

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेका लुम्बिनी संसदीय दलका उपनेता समेत रहेका चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि कांग्रेस–एमालेबीच संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।


एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्री आचार्यलाई बनाउन निर्देशन भएको बताए ।


केन्द्रीय अध्यक्षबाट नै चेतनारायणलाई बनाउन निर्देशन आएपछि गिरी ब्याक हुनुपरेको उनले बताए । अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।


उपनेता आचार्यले पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोही अनुसार मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न जाने तयारीमा रहेको बताए ।

  • Jigyasa media

थप