Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

लुम्बिनीका वनमन्त्री कुर्मीको राजीनामा स्वीकृत

  •   २ वर्ष अघि | २६ भदौ २०८१, बुधबार

लुम्बिनी।

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले दिएको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार कुर्मीको राजीनामा स्वीकृत गरेका हुन्। बाँके क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुर्मीले साउन ९ गते वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

मन्त्रीमा नियुक्त भएयता कुर्मी विभिन्न विवादमा मुछिएका थिए, जसका कारण मानव अधिकारकर्मीहरू समेतले उनको आलोचना गर्दै आएका थिए। आफ्नो विरुद्ध उठेका आरोपहरूको निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न आफूले राजीनामा दिएको कुर्मीले बताएका छन्।

राजीनामा स्वीकृत भएपछि लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको खाली रहेको स्थानमा नयाँ नियुक्तिको चर्चा चल्न थालेको छ।


  • Jigyasa media

थप