Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

एकाउन्टबिलिटील्यावको सार्वजनिक सुनुवाईमा सहभागीको निष्कर्ष: युवा हकहितका लागि यस्तो कार्यक्रम निरन्तर आवस्यक .!

  •   २ वर्ष अघि | ६ मंसिर २०८१, बिहिबार

काभ्रे – पछिल्लो एक दशकमा देखि काभ्रे जिल्लाको विभिन्न ठाउँहरूमा जवाफदेहिताका विविध सवालमा बहस र निष्कर्ष सहित सुझाव दिँदै आएको एकाउन्टबिलिटी ल्याबले आफ्नो कार्यकालमा भए गरेका कार्यक्रमको समीक्षामा निष्कर्ष सहित एक सार्बजनिक सुनुवाई कार्यक्रम गर्दै समापन गरेको छ ।

भूकम्पपछिको पुनर्निर्माणका साथै स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न क्रियाशील एकाउन्टबिलिटी ल्याब नेपालले बिहीबार बनेपा नगरपालिकामा युवा केन्द्रित परियोजनाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। यस कार्यक्रममा परियोजनाले हासिल गरेका उपलब्धिहरू, खर्च विवरण, र सामाजिक परीक्षणका निष्कर्षहरू प्रस्तुत गरेको थियो ।

जनप्रतिनिधि, सञ्चारकर्मी, लक्षित युवा, र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको कार्यक्रममा युवाको सहभागिताका विषयमा गहन छलफल भयो।


परियोजनाको समिक्षा र योगदान

फ्रन्टलाइन एक्टिभिस्ट केशवराज पौडेलका अनुसार परियोजनाले युवालाई सूचनामा पहुँच पुर्‍याउन, बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन, र स्थानीय तहमा आफ्ना अधिकारका लागि आवाज उठाउन उत्प्रेरित गरेको छ।

युवाको विकासका लागि सिपमूलक तालिम

सामाजिक अभियन्ता मोहनकृष्ण गजुरेल ले परियोजनाबाट युवाहरूलाई सिपमूलक तालिम र छलफलका माध्यमले सशक्त बनाइएको बताए। उहाँले भन्नुभयो, "सिप र भाषा सिकेर विदेश जाने क्रमलाई प्रोत्साहन गर्नुका साथै युवामा जिज्ञासु भावना विकास गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेलेको छ।"


पत्रकारको दृष्टिकोण

वरिष्ठ सञ्चारकर्मी राजकुमार पराजुली ले एकाउन्टबिलिटी ल्याबको प्रयासलाई प्रशंसा गर्दै भने, "बनेपामा युवाका हक अधिकार स्थापित गर्न परियोजनाले प्रयास गरेको छ। टाउन हल र मिनी मिटिङहरूबाट धेरै युवा मुद्दा बाहिर आएका छन्, जसले स्थानीय तहलाई जिम्मेवार बनाएको छ।" उहाँले बनेपामा मात्र नभई यस पहललाई अन्य स्थानीय तहमा पनि स्थानान्तरण गर्न आवश्यक रहेको औंल्याउनुभयो।

बनेपा नगरपालिकाको प्रशंसा

बनेपा नगरपालिका वडा नं. ५ का अध्यक्ष बलराम अधिकारीले परियोजनाले युवासम्बन्धी सूचनाहरू संकलन गरेर नगरलाई जानकारी गराएको र युवा परिषद् ऐन तथा कार्यविधि तयार गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको बताउनुभयो। उहाँले भने, "यस परियोजनाले बनेपा नगरपालिकालाई नीतिगत स्तरमा युवाका समस्याहरू सम्बोधन गर्न ठोस सहयोग पुर्‍याएको छ।" यसका लागि हामी आभारी छौं यो र यस्ता कार्यक्रम निरन्तर रहनु जरुरी छ ।

समग्र प्रभाव र सुझाव

सार्वजनिक सुनुवाईले परियोजनाका उपलब्धिहरूलाई उजागर गर्नुका साथै युवाहरूमा सूचना र समन्वयको आवश्यकता अझै ठूलो रहेको देखाएको छ। सहभागीहरूले लोकतन्त्रमा युवाको सहभागिता अझ प्रभावकारी बनाउन परियोजनाका कार्यक्रमलाई अन्य तहमा विस्तार गर्नुपर्नेमा जोड दिए।



  • Jigyasa media

थप