Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काठमाडौं झन् चिसिँदै : सुरुवाती मापनमै न्यूनतम तापक्रम करिब २ डिग्रीले घट्यो

  •   १० महिना अघि | ८ पुस २०८२, मङ्लबार

काठमाडौँ । राजधानी काठमाडौंसहित उपत्यकामा चिसो क्रम अझ तीव्र बन्दै गएको छ। मंगलबार बिहान गरिएको सुरुवाती मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा करिब २ डिग्री सेल्सियसले घटेको पाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस कायम भएको छ। सोमबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ७.३ डिग्री सेल्सियस थियो।

यद्यपि, सोमबार बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर ६.८ डिग्री सेल्सियस पुगेको थियो। मौसमविद्हरूका अनुसार आज पनि बिहान ८:४५ बजे पुनः आधिकारिक मापन हुने भएकाले तापक्रम अझै घट्ने सम्भावना उच्च रहेको छ।

लगातार घट्दो तापक्रमका कारण उपत्यकामा चिसो बढ्दै गएको छ। विशेषगरी बिहान र साँझको समयमा चिसो हावाले सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेको छ। मौसमविद्हरूले चिसोबाट बच्न न्यानो लुगा प्रयोग गर्न र स्वास्थ्यप्रति सतर्क रहन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप