Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

जाजरकोटमा पहिरोले पुरिएका दुई जनाको शव फेला

  •   २ वर्ष अघि | २३ भदौ २०८१, आइतवार

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका-६, धुमामा खसेको पहिरोले पुरिएका दुई जनाको शव फेला परेको छ। शनिबार राति करिब १ बजे घरमाथिबाट खसेको पहिरोले वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान् मानबहादुर चलाउनेलाई पुरेको थियो। 


जिल्ला प्रहरी कार्यालय जाजरकोटले स्थानीयवासीको सहयोगमा दुवैको शव निकालिएको जनाएको छ। पहिरोमा परेर घाइते भएकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिएका छन्।

  • RSS

थप