Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

पूर्वभन्दा पश्चिमतर्फ मनसुनको सक्रियता तीव्र, दिउँसो यी क्षेत्रमा ‘भारी वर्षा’को चेतावनी

  •   १ वर्ष अघि | २९ साउन २०८२, बिहिबार

२९ साउन २०८२, बिहीबार — काठमाडौं

देशभर मनसुन सक्रिय रहँदा अहिले बिहान काठमाडौं उपत्यकालगायत धेरै स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो र राति पनि वर्षा जारी रहने छ, जसमा पूर्वतिरभन्दा पश्चिमतर्फको सक्रियता बढी देखिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराई वरिपरि र पूर्व तराईभन्दा केही दक्षिणतिर रहँदा, पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा तीव्र हुने अनुमान गरिएको छ।

दिउँसोको अवस्था

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा तराईका धेरै ठाउँमा बाक्लो बादल छाउनेछ। यी क्षेत्रका केही स्थानमा मध्यम वर्षा र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

रातिको अवस्था

गण्डकी प्रदेशका पहाड तथा तराई, बागमती, लुम्बिनी र कर्णालीका पहाड भूभागका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ। बाँकी पहाड तथा तराईका थोरै स्थानमा पनि वर्षा पर्न सक्ने सम्भावना छ।

मौसम महाशाखाले चेतावनी दिँदै भनेको छ—

भारी वर्षा हुने सम्भावना भएकाले भूक्षय, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबान, नदी–नालामा पानीको सतह वृद्धि, यातायात अवरोध, कृषि तथा जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

वर्षाको मापदण्ड

१० मिमी भन्दा कम : हल्का वर्षा

१०–५० मिमी : मध्यम वर्षा

५०–१०० मिमी : भारी वर्षा

१००–२०० मिमी : धेरै भारी वर्षा

२०० मिमीभन्दा बढी : अति भारी वर्षा

यस्तै, 'एक–दुई स्थान' भन्नाले प्रदेशको १०% भन्दा कम भूभागमा वर्षा पर्नु हो, ‘थोरै स्थान’ भनेको १०–३०%, ‘केही स्थान’ ३०–५०%, ‘धेरै स्थान’ ५०–८०% र ‘अधिकांश स्थान’ भनेको ८०% भन्दा बढी भूभागमा वर्षा हुनु हो।

  • Jigyasanepal

थप