Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पत्रकारको घरमा मध्यराति तोडफोड: दोषीलाई तत्काल कारबाही गर्न महासंघको कडा माग

  •   ८ महिना अघि | १ फाल्गुन २०८२, शुक्रबार

काभ्रे  |

१ फाल्गुन २०८२, शुक्रबार | 

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकमा पत्रकारको घरमै तोडफोड भएको घटनाले प्रेस स्वतन्त्रता र शान्ति–सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आफ्ना पूर्वअध्यक्ष तथा नेपाल समाचारपत्रका संवाददाता मोतिराम तिमल्सिना र महासंघका सदस्य लक्ष्मण तिमल्सिनाको निवासमा भएको तोडफोडप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघका अनुसार बनेपा नगरपालिका–९ स्थित तिमल्सिनाद्वयको घरमा गएराति करिब २ बजेतिर अज्ञात समूहले प्रवेश गरी तोडफोड गरेको हो। मध्यरातिको घटनाले परिवारलाई त्रसित बनाएको छ भने स्थानीयबासीसमेत स्तब्ध भएका छन्।

निर्वाचनको संवेदनशील समयमा सञ्चारकर्मीमाथि हुने यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने महासंघको ठहर छ। अध्यक्ष विनोदकुमार न्यौपानेद्वारा जारी विज्ञप्तिमा घटनाको कडा भर्त्सना गर्दै संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

महासंघले पत्रकारलाई भयरहित वातावरणमा काम गर्ने सुनिश्चितता गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार तथा सुरक्षा निकायसँग आग्रह गरेको छ। “पत्रकारको घरमै भएको आक्रमणले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष धक्का पुगेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न दोषीमाथि कडा कदम चालिनुपर्ने माग तीव्र बन्दै गएको छ।

  • Jigyasanepal

थप