Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

काभ्रेको बामपन्थी आन्दोलनका अगुवा नेता, संग्राम तामाङको निधन

  •   १ वर्ष अघि | १५ असोज २०८२, बुधबार

काभ्रे । काभ्रेको बामपन्थी आन्दोलनलाई बलियो आधार दिने, तत्कालीन नेकपा माले (हाल एमाले) का संस्थापक नेताको निधन भएको छ । साबिक सर्स्युंखर्क गा.वि.स.का दुई पटक निर्वाचित अध्यक्ष ( हाल तेमाल गाउँपालिका वडा नं १,२) तथा समाज र शिक्षाक्षेत्रमा सक्रिय खम्बाको रूपमा परिचित,  संग्राम तामाङको निधन भएको हो । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बुधबार बिहान असामयिक निधन भएको परिवारीक स्रोतले जनाएको छ । सरल, प्रष्ट स्वभावका उनको निधन सँगै सम्पूर्ण काभ्रेली समाज स्तब्ध बनेको छ।

स्वर्गीय तामाङले तेमाल स्थित श्री जन चेतना मा.वि., श्री सर्वोद्वार मा.वि. र जन उद्दार प्रा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्षका रूपमा शैछिक र समाज सुधारमा गरेको योगदानको सधैँ चर्चा हुँदै आएको छ । जनसेवामा समर्पित उहाँको व्यक्तित्व, सादगी र नेतृत्व काभ्रेली वामपन्थी तथा गैरवामपन्थी, आम समाजका लागि मार्गदर्शकका रूपमा स्मरणीय रहने भन्दै वहाँको निधनको खबरले ठूलो क्षति पुर्याएको बताइएको छ । 

परिवारको अथक प्रयास, र विशेषज्ञहरूको हरसम्भव उपचार प्रयासले पनि उहाँलाई पूर्ण रूपमा उपचार लाग्न सफल भयन वहाँको  निधनले अपूरणीय क्षति पुगेको बताइएको छ ।

जिज्ञासा नेपाल स्वर्गीय तामाङको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

तामाङ संस्कार–संस्कृतिअनुसार आज बुधबार बिहानै स्वयम्भूमा उहाँको अन्तिम दाह संस्कार सम्पन्न गरिने बताइएको छ ।

  • Jigyasanepal

थप