Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

निर्मला कुर्मी प्रकरण: गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति, तीन बुँदे सम्झौता

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

काठमाडौँ, १४ कात्तिक – गृह मन्त्रालय र निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै आन्दोलनरत रुबी खान नेतृत्वको समूहबीचव हिजो मंगलबार तीन बुँदे सम्झौतासहित आन्दोलन स्थगित भएको छ। गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र रुबी खानले सहमति पत्रमा हस्ताक्षर गरेपछि आज साँझ माइतीघर मण्डलामा गरिएको अन्तिम वार्तामा सम्झौता टुंगिएको हो।

सम्झौतामा तीन मुख्य बुँदाहरू रहेका छन्। पहिलो बुँदामा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, र हत्या जस्ता गम्भीर आरोपमा दर्ता जाहेरीको अनुसन्धान अघि बढाउन बाँके जिल्ला प्रहरीलाई निर्देशन दिने उल्लेख छ। यस क्रममा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट तत्कालै खटाइने निर्णय गरिएको छ।

दोस्रो बुँदामा रुबी खानसहित आन्दोलनरत पक्ष र उनीहरूको परिवारको सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाल प्रहरी र बाँके जिल्ला प्रशासनलाई निर्देशन दिने सम्झौतामा उल्लेख छ।


  • Jigyasa media

थप