Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

महानगरको चेतावनी: नदीको सतह बढ्दो, सतर्कता अपनाउन आग्रह

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

काठमाडौं – निरन्तरको वर्षाका कारण काठमाडौंका नदीहरूको जलस्तर उच्च हुँदै गएको भन्दै काठमाडौं महानगरपालिकाले जनतामा सतर्कता अपनाउन आग्रह गरेको छ। महानगरले सम्भावित डुबान, बाढी, र जमिन कटानको जोखिम बढेकोले विपद्‌बाट जोगिन पूर्वतयारी गर्न अनुरोध गरेको छ।

महानगरले शुक्रबार दिउँसो जारी गरेको सूचनामा भनिएको छ, “नदी किनारा, खोला, र सडकमा अनावश्यक प्रवेश नगरौँ र सवारी साधन नपार्किङ गरौँ।” वर्षाका कारण बाढी, पहिरो, र कटानको जोखिम भएकाले महानगरले जलजन्य विपद्‌मा परे तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

महानगरपालिकाले नागरिकहरूलाई नदी किनारमा अत्यावश्यक कामबाहेक नजान र पानी जमेको स्थानमा सवारी प्रवेश नगर्न पनि सचेत गराएको छ।


  • Jigyasa media

थप