Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

मनसुनी प्रभाव कमजोर, २४ घण्टा यस्तो हुनेछ देशभरको मौसम

  •   १० महिना अघि | ९ साउन २०८२, शुक्रबार

काठमाडौं, साउन ९ । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेकाले आज र भोलीको २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यद्यपि वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा केही स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा रहेकोले मौसममा विशेष परिवर्तन देखिएको छैन। तर पहाडी भेगहरूमा मेघगर्जन, चट्याङसहित वर्षा सम्भावित क्षेत्रमा पर्छन्।

दिउँसोको मौसम पूर्वानुमान:

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको मौसम पूर्वानुमान:

कोसी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ।

कोसी प्रदेशको केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

विशेष सचेतना:

कोसी र मधेस प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्क रहन विभागको आग्रह छ।

गण्डकी र वाग्मतीका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो तथा नदी/खोलामा पानीको सतह बढ्नसक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ।

हालको कमजोर मनसुनी प्रभावका बीच पनि देशका पहाडी र तराई भेगमा वर्षा सम्भावना कायमै रहेकोले यात्रा तथा निर्माण कार्यमा सावधानी आवश्यक देखिन्छ।

  • Jigyasanepal

थप