Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भक्तपुरको एक बस भित्र शव भेटियो: आत्महत्या शंका

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

भक्तपुर, च्यामासिंह । आइतबार बिहान भक्तपुरको च्यामासिंह बसपार्कमा पार्क गरिएको बसमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ। बस नम्बर बा ३ ख ६६३८ मा २० वर्षीय प्रदीप स्यांताङको शव भेटिएको हो। मृतक स्यांताङ काभ्रे जिल्लाको महाभारत गाउँपालिका-३ निवासी रहेका छन् र उनी भक्तपुर नगरपालिका-९, च्यामासिंहमा बस्दै आएका थिए।

भक्तपुर प्रहरी परिसरका डीएसपी मोहन मणि अधिकारीका अनुसार, बिहान ६ बजेतिर बसमा एक व्यक्तिले आत्महत्या गरेको खबर प्राप्त भएको थियो। घटनास्थलमा प्रहरी पुग्दा स्यांताङलाई बसभित्र झुन्डिएको अवस्थामा फेला पारेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले यो आत्महत्या भएको हुन सक्ने अनुमान गरेको छ। शवलाई पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट पठाइएको छ, र थप अनुसन्धान जारी रहेको प्रहरी परिसरले जनाएको छ।


  • Jigyasa media

थप