Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सिरहामा हुण्डी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ, स्रोत नखुलेको रकम बरामद

  •   २ वर्ष अघि | १ असोज २०८१, मङ्लबार

सिरहा – हुण्डी कारोबारमा संलग्न तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट १४ लाख रुपैयाँभन्दा बढी नगद, मोबाइल फोन र मोटरसाइकल बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरू सप्तरीको राजविराज नगरपालिका-१० निवासी ५७ वर्षीय मजित मियाँ, २८ वर्षीय मोहम्मद अलाहउद्दिन र २३ वर्षीय अजय चौधरी रहेका छन्।

सिरहा प्रहरीले गोप्य सूचनाका आधारमा सखुवानन्कारकट्टी गाउँपालिका-५ मा स ९ प ११६२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू भारतबाट सीमावर्ती क्षेत्र भगवानपुर चौक हुँदै लहानतर्फ आइरहेका थिए।

प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १४ लाख १९ हजार ८९० नेपाली रुपैयाँ र ४०० भारतीय रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका तीनैजनाको साथबाट प्रहरीले तीनवटा मोबाइल र मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

प्रवक्ता तथा डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार, पक्राउ परेका मजित मियाँको कम्मरमा बाँधिएको पटुकामा ८ लाख १४ हजार ८९० नेपाली रुपैयाँ र ४०० भारतीय रुपैयाँ फेला परेको थियो। त्यस्तै, मोहम्मद अलाहउद्दिनको पाइन्टको खल्तीमा २ लाख ४ हजार ५ सय रुपैयाँ भेटिएको छ भने अजय चौधरीको कम्मरमा बाँधिएको पटुकामा ४ लाख ५ सय रुपैयाँ रहेको प्रहरीले बताएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई हुण्डीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानका लागि ५ दिनको म्याद लिएको छ।


  • Jigyasa media

थप