Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

इटहरी यातायात कार्यालयमा नक्कली डाक्टरसहित १७ बिचौलिया पक्राउ

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

९ असोज, विराटनगर – यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ। बुधबार दिउँसो कार्यालय परिसरमै सञ्चालन गरिएको अपरेशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको विज्ञप्तिअनुसार, अनुगमनका क्रममा आफूलाई डाक्टर भनेर चिनाउँदै आएका नक्कली चिकित्सकसहित बिचौलियाहरू पक्राउ परेका हुन्। उनीहरू विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा कानुनी कारबाहीको प्रक्रियामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिएका छन्।

हाल पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप