Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

एउटै कोठामा अचेत भेटिएका दिदीबहिनीको उपचारका क्रममा मृत्यु

  •   १ वर्ष अघि | ९ जेष्ठ २०८२, शुक्रबार

– जेठ ९, दाङ | दाङको तुलसीपुरमा एउटै कोठाभित्र अचेत अवस्थामा भेटिएका दुई किशोरी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–११, बाफुखोला स्थायी घर भई तुलसीपुर उपमहानगरपालिका–७, गैरापातुमा डेरा गरी बस्दै आएकी १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार रहेका छन्।

दुवै किशोरी बिहीबार राति सवा ९ बजे आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका थिए। स्थानीयले खबर गरेपछि प्रहरी टोलीले तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको थियो। तर, गम्भीर अवस्थामा रहेकी दिपुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएकोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। अर्की किशोरी दिपाको मृत्यु भने घोराहीमा उपचारका क्रममा भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रारम्भिक अनुसन्धानमा दुवैले विषादी सेवन गरेको पुष्टि भएको छ। यद्यपि, घटनाको कारण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार, दुवै किशोरी कक्षा ११ मा अध्ययनरत थिइन्। दिपा शान्तिनगर गाउँपालिका–२ स्थित जनकल्याण माविमा पढ्दै आएकी थिइन् भने दिपु घोराहीको एक निजी विद्यालयमा अध्यनरत थिइन्। उनीहरू नाताले मामा–फुपूका छोरी अर्थात् दिदीबहिनी हुन्।

बिहीबार दिउँसो मात्रै दिपु, घोराहीबाट दिपाको कोठामा आएकी थिइन्। त्यस राति उनीहरू अचेत अवस्थामा भेटिएको र विष सेवनको आशंकामा तत्काल अस्पताल पुर्‍याइए पनि दुवैको ज्यान जोगाउन सकिएन।

  • Jigyasanepal

थप