Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

सिनामंगलको होटलमा युवा-युवती मृत फेला

  •   २ वर्ष अघि | ९ मंसिर २०८१, आइतवार

काठमाडौं, मंसिर ९ – राजधानीको सिनामंगलस्थित एक होटलमा युवा र युवती मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार दुवैजना झुण्डिएको अवस्थामा भेटिएको प्रारम्भिक सूचना प्राप्त भएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान जारी छ र थप विवरण आउन बाँकी छ। यस घटनाले होटल सुरक्षाबारे प्रश्न उठाएको छ भने मृतकका परिवारलाई खबर गरिने प्रयास भइरहेको छ।

प्रहरीले घटनाको कारण पत्ता लगाउन होटल व्यवस्थापक र अन्य कर्मचारीहरूसँग सोधपुछ गरिरहेको जनाएको छ।


  • Jigyasa media

थप