Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै

  •   १ दिन अघि | १६ असोज २०८३, शुक्रबार

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका जगतबहादुर तामाङसहित हिम्लुङ हिमपहिरोमा ज्यान गुमाएका तीन जनाको शव आज राजधानी काठमाडौं ल्याइने भएको छ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालको आधार शिविरमा गत असोज ११ गते गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये बिहीबार आठ जनाको शव फेला परेको थियो। तीमध्ये काभ्रेको तेमाल गाउँपालिका–१ कल्लेरीपाखाका वृखध्वज तामाङ (लालध्वज) र ङेमा दोर्जे तामाङ (लवाङ) तथा तेमाल गाउँपालिका–५ का जगतबहादुर तामाङ रहेका छन्।

उनीहरूसहित हिमपहिरोमा हराएका १६ जनामध्ये हालसम्म १५ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।


  • Jigyasanepal

थप