Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

तुइनखोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, यात्रु बीचमै अलपत्र

  •   ५ महिना अघि | २५ बैशाख २०८३, शुक्रबार

हेटौँडा, वैशाख २५ — चितवनको तुइनखोलामा ढुंगासहितको सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ।

शुक्रबार बिहान मुग्लिन–नारायणगढ सडकअन्तर्गत पर्ने तुइनखोलामा माथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको पहिरो झरेपछि सडक दुईतर्फी रूपमा बन्द भएको सडक डिभिजन कार्यालय भरतपुर ले जनाएको छ।

पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने तथा पोखरा, चितवनलगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध भएसँगै यात्रुहरूले सास्ती भोग्नुपरेको छ भने लामो दूरीका मालवाहक र सार्वजनिक सवारीसमेत प्रभावित बनेका छन्।

सडक खुलाउन तत्काल डोजर तथा आवश्यक मेसिन परिचालन गरिएको कार्यालयले जनाएको छ। प्राविधिक टोली र सुरक्षाकर्मीको सहकार्यमा पहिरो पन्छाउने काम जारी रहेको छ।

सडक पूर्ण रूपमा सफा भएपछि मात्रै सवारी सञ्चालन गर्न सकिने भएकाले अझै केही समय लाग्न सक्ने जनाइएको छ।

वर्षायाम सुरु भएसँगै मुग्लिन–नारायणगढ सडक मा पटक–पटक पहिरो खस्न थालेको छ। हरेक वर्षजस्तै यसपटक पनि पहिरोले यातायात प्रभावित बनाइरहेको छ।

जोखिम बढेकाले प्रहरीले यात्रु तथा चालकलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

  • Jigyasanepal

थप