Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

१६ मंसिर २०८२, मंगलबार — आजको राशिफल

  •   १० महिना अघि | १६ मंसिर २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास बढ्ने दिन। अघिल्लो केही दिनदेखि रोकिएका काम अघि बढ्नेछन्। आर्थिक पक्ष मध्यम, परिवारमा भने खुसी छाउनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मीय मान्छेसँग बिनाकारण मनमुटाव हुन सक्छ। संयम अपनाउनु बुद्धिमानी हुनेछ। खर्च बढ्ने संकेत छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सहयोगी मन पाउने दिन। अवसर ढोका ढक्ढक्याइरहेको छ, हतार नगरी निर्णय लिनु उपयुक्त। प्रेम पक्षमा मिठास बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको दबाब हल्का कम हुनेछ। घर–परिवारमा सुखद समाचार आउन सक्छ। स्वास्थ्यमा सामान्य सतर्कता आवश्यक।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टू, टे) सृजनशीलता बढ्ने दिन। अरूको प्रशंसा पाउने सम्भावना छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा उकासिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक अवस्था सुधार हुने समय। पुरानो विवाद समाधानतर्फ उन्मुख। यात्रामा सावधानी अपनाउनु उत्तम।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तू, ते) मानसिक शान्ति प्राप्त हुने। नयाँ योजना सुरु गर्न मनले साथ दिनेछ। परिवारसँग बिताएको समय उपयोगी हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) नकारात्मक सोचबाट टाढा रहनु बुद्धिमानी। विरोधी सक्रिय देखिए पनि तपाईंको धैर्यले परिस्थिति अनुकूल बनाउँछ।

धनु (ये, यो, भ, भि, भु, ध, फ, ढ, भे) धेरै समयपछि खुसी महशुस हुने दिन। मनमा नयाँ ऊर्जा आउँछ। प्रेम र सम्बन्धमा स्पष्टता बढ़्नेछ।

मकर (भो, ज, जि, खु, खो, गा, गि, गु, गे) कामको व्यस्तता बढ्न सक्छ। योजना सफल भए पनि धैर्यको परीक्षा हुने दिन। आर्थिक लाभ भने मध्यम।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज तपाईँको निर्णय शक्ति बढ्छ। सम्मान र प्रतिष्ठा प्राप्त हुने योग। दूरदर्शी निर्णयले भविष्य सुरक्षित बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) भावनात्मक उतारचढाव हुन सक्छ। आफूलाई शान्त राख्नु आवश्यक। नयाँ काम सुरु गर्दा अनुभवीको सल्लाह लिनु राम्रो।

  • Jigyasanepal

थप