Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मंसिर ७ देखि देशव्यापी आन्दोलनको घोषणा, दुर्गा प्रसाईँको चेतावनी—‘आन्दोलन शान्तिपूर्ण हुनेछ’

  •   ११ महिना अघि | १२ कार्तिक २०८२, बुधबार

काठमाडौं, कात्तिक १२ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनले यो आन्दोलनलाई ‘देश र जनताको हितमा चल्ने ऐतिहासिक अभियान’को रूपमा चित्रण गरेका छन्।

बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले भने, “अब हामी मौन रहने छैनौं, मंसिर ७ देखि देशभर आन्दोलनको बिगुल फुक्नेछौं।” उनका अनुसार आन्दोलनको उद्देश्य राजनीतिक, नैतिक र सांस्कृतिक पुनर्जागरणको सुरुवात गर्नु हो।

प्रसाईंले आन्दोलनको तयारीबारे मानव अधिकार आयोगलाई समेत औपचारिक जानकारी दिएको बताएका छन्। उनले भने, “यो हाम्रो संवैधानिक अधिकार हो, हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्नेछौं। कसैले आन्दोलनको नाममा तोडफोड वा आगजनी गरे त्यसको जिम्मेवारी हाम्रो अभियानले लिने छैन।”

उनका अनुसार आन्दोलनमा देशका सबै जिल्लाबाट नागरिक सहभागिता सुनिश्चित गरिनेछ। उनले जोड दिँदै भने, “यो कुनै व्यक्तिको आन्दोलन होइन, राष्ट्र र नागरिकको आत्मसम्मानको आवाज हो।”

प्रसाईंले पछिल्ला राजनीतिक विचलन, भ्रष्ट्राचार, धर्म र संस्कृतिमाथिको आक्रमण, र राष्ट्रिय स्वाभिमानको गिरावटप्रति गहिरो असन्तोष जनाउँदै यस्तो आन्दोलन अपरिहार्य भएको दाबी गरे।

उनले अन्त्यमा भने, “देश बाँचोस्, नागरिक सुरक्षित रहून्—यही हाम्रो आन्दोलनको आत्मा हो। हामी कानुनी र नैतिक सीमाभित्र रहेर संघर्ष गर्नेछौं।”

  • Jigyasanepal

थप