Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

आजदेखि ठूला सभा–जुलुस गर्न पाइने: १७ दिनको प्रचार अवधि सुरु, आचारसंहितामा ‘शून्य सहनशीलता’

  •   ३ महिना अघि | ४ फाल्गुन २०८२, सोमवार

फागुन ४, २०८२ | सोमबार | काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। मतदान मितिभन्दा १७ दिनअघि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन/प्रसारण गर्न पाइने कानुनी व्यवस्थाअनुसार दल र उम्मेदवारले आजबाट फागुन १८ गते राति १२ बजेसम्म प्रचार गर्न पाउनेछन्।

निर्वाचन आयोग ले निर्वाचनको निष्ठा, पारदर्शिता र समान प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिँदै सबै दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लङ्घनमा ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरिने स्पष्ट पारे।

के–के गर्न पाइने?

जुलुस, आमसभा, कोणसभा आयोजना

पत्रपत्रिका तथा ‘अनलाइन’ सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार

तोकिएको मापदण्डभित्र रही मतदातासमक्ष औपचारिक रूपमा मत माग्न

के–केमा कडाइ?

आचारसंहिता उल्लङ्घन भए स्पष्टीकरण, सचेत, जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही

कुनै दल/उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति निषेध

सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थ प्रवर्द्धन गर्न नपाइने

आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ। उल्लङ्घन भएको देखिए पत्र काटेर स्पष्टीकरण सोधिने र प्रमाण/अवस्था हेरेर कानुनी प्रक्रिया अघि बढाइनेछ।

खर्च पारदर्शिता अनिवार्य

आमसभा वा कोणसभामा मञ्च तयारीलगायत भएको खर्चको विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगले आचारसंहिता व्यापक परामर्शपछि तर्जुमा गरिएको स्मरण गराउँदै सबै राजनीतिक दलले पूर्ण परिपालना गर्ने प्रतिबद्धता जनाइसकेको जनाएको छ। आगामी १७ दिनमा हुने प्रचार गतिविधि कति मर्यादित र निष्ठापूर्ण हुन्छ भन्ने कुराले निर्वाचनको विश्वसनीयता निर्धारण गर्नेछ।

  • Jigyasanepal

थप