Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

रवि लामिछाने भैरहवा कारागार चलान, बोले – ‘ममाथि प्रतिशोध भयो, अब पालो सबैको आउँछ’

  •   १ वर्ष अघि | २५ चैत्र २०८१, सोमवार

२५ चैत, भैरहवा ।सहकारीको रकम ठगी अभियोगमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतको आदेशपछि भैरहवा कारागार चलान गरिएको छ। सोमबार जिल्ला अदालत रूपन्देहीबाट थुनुवा पुर्जी जारी भएपछि उनलाई जेल पठाइएको हो।

शुक्रबार राति राजधानीमा पक्राउ परेका लामिछानेलाई सोही रात काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको थियो। शनिबार बिहानै भैरहवा ल्याइए पनि दुई दिन सार्वजनिक बिदा परेकाले सोमबार मात्रै उनलाई अदालतमा उपस्थित गराइएको थियो।

कारागार प्रवेश गर्नुअघि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै उनले आफूविरुद्ध भएको घटनालाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिए। उनले चारवटा मुख्य सन्देश दिएका छन्–

१. कानुनी संघर्ष नछाड्ने प्रतिबद्धता:

‘अदालतको आदेशको सम्मान गर्छु’, भन्दै उनले कानुनले दिएको अधिकार प्रयोग गर्दै अब माथिल्लो अदालतमा जाने तयारी रहेको बताए।

२. आशंका मेटिनुपर्ने अपेक्षा:

‘न्यायको मन्दिरबाट अन्याय हुने छैन भन्ने विश्वास छ’, उनले भने, ‘तर ममाथि अनेक आशंका उठाइएको छ। ती गलत साबित होऊन् भन्ने कामना गर्छु।’

३. पार्टी अभियानलाई रोक्न नदिन आग्रह:

लामिछानेले आफ्नो पार्टी रास्वपाको अभियान जनतामाझ निरन्तर चलिरहोस् भन्ने आग्रह गरे। उनले भने, ‘पार्टीलाई एकढिक्का बनाउनुहोस्। सक्नुहुन्छ भने बढाउनुहोस्, नसके पनि नघटाउनुहोस्।’

४. ‘यो मेरो मात्र होइन, अरूको पनि पालो आउँछ’:

राजनीतिक प्रतिशोधको संकेत गर्दै उनले भने, ‘यो एउटा परीक्षा हो, जसको पहिलो विद्यार्थी म बनेँ। अब पालो अरूको पनि आउँछ।’

अदालतले लामिछानेविरुद्धको मुद्दा अघि बढाउने आदेश दिँदै उनलाई थुनामा राख्ने निर्णय गरेपछि उनी भैरहवा कारागार चलान भएका हुन्। उनका समर्थकहरूले यसलाई राजनीतिक स्वार्थमा आधारित गिरफ्तारी भन्दै विरोध जनाइरहेका छन्।


  • Jigyasa media

थप