काठमाडौं — क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ श्वासप्रश्वासको समस्या भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। ७८ वर्षीय वैद्यलाई बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको हो।
वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सहभागी भएपश्चात स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ।
यसअघि, गत महिना भएको एकता महाधिवेशनका बेला पनि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्यका कारणले उनले महाधिवेशनको बन्दसत्रमा पूरै समय उपस्थित हुन सकेका थिएनन्।
गत वर्ष पनि वैद्यलाई श्वासप्रश्वाससम्बन्धी समस्याका कारण त्रिवि शिक्षण अस्पतालमै करिब एक हप्ता भर्ना गरेर उपचार गरिएको थियो। हाल उनका स्वास्थ्यबारे थप जानकारी चिकित्सकहरूबाट आउन बाँकी छ।
- Jigyasa media