Breaking News
गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश    ||     धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||    

पूर्वराजालाई ओलीको जवाफ: ‘राजनीतिमा हो भने, यु आर वेलकम!’

  •   १ वर्ष अघि | २५ फाल्गुन २०८१, आइतवार

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन खुला चुनौती दिएका छन्। सुदूरपश्चिम प्रदेश सभाको १७औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजाका पछिल्ला अभिव्यक्तिप्रति प्रतिक्रिया जनाएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “फागुन ६ गते पूर्वराजाको कुरा सुन्दा अचम्म लाग्यो। मलाई साथ दिनुहोस्, म आउँछु, देश बनाउँछु भन्नु भयो। देश के भएको छ?” उनले अस्थिरता सिर्जना गर्ने गतिविधिहरूले मुलुकलाई सभ्य र सुसंस्कृत रूपमा अघि बढ्न नदिने बताए।

ओलीले पूर्वराजालाई राजनीतिमा आउन खुलेरै निम्तो दिए। “अराजनीतिक बाटो रोज्ने कि खुला राजनीतिमा आउनुहुन्छ? यदि राजनीतिमा आउनुहुन्छ भने ‘यु आर वेलकम।’ उमेदवार बन्नुहोस्, साथ माग्नुस्, तर अराजक गतिविधि गरेर देशलाई अस्थिर बनाउने छुट छैन,” उनले भने।

आर्थिक सुधार र सरकारको निरन्तरता

प्रधानमन्त्री ओलीले देशको आर्थिक अवस्था सुधारोन्मुख रहेको दाबी गरे। उनले भने, “मैले प्रधानमन्त्री सम्हाल्दा अर्थतन्त्र नाजुक अवस्थामा थियो। गत वर्ष २५ प्रतिशत कम राजस्व संकलन भएको थियो, तर यस वर्ष ३० प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। छिट्टै अर्थतन्त्र लयमा फर्किन्छ।”

सरकार ढल्ने अड्कलबाजी गर्नेहरूलाई समेत उनले प्रष्ट जवाफ दिए। “सरकार आज ढल्छ, भोलि ढल्छ भनेर रमाउनेहरू छन्, तर म स्पष्ट पार्न चाहन्छु— यो सरकार २०८४ सालको निर्वाचन गराएर मात्र हट्छ,” उनले भने।

ओलीले अन्तिम १८ महिनाका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको खुलासा गरे। “शेरबहादुरजीको नेतृत्वमा १८ महिनासम्म सरकार चल्छ। उहाँले २०८४ सालको निर्वाचन गराउनुहुन्छ। त्यसपछि सरकार कसको बन्छ? जनताले निर्णय गर्नेछन्,” उनले स्पष्ट पारे।

धनगढीमा उद्घाटन र विश्वविद्यालयको दिक्षान्त समारोह

प्रदेश सभा सम्बोधनपछि प्रधानमन्त्री ओलीले संघीय सरकारको लगानीमा निर्मित धनगढी सिटी हलको उद्घाटन गरे। उक्त हल सञ्चालनको जिम्मेवारी धनगढी उपमहानगरपालिकालाई दिइएको छ।

यसअघि, आइतबार विहान उनले सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहको उद्घाटन गरेका थिए। ओली सोही दिन काठमाडौं फर्किएका छन्।


  • Jigyasa media

थप