Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सामाजिक सञ्जालमा बेथिति सह्य छैन देशलाई हेपेको सहन सकिँदैन : प्रधानमन्त्री ओली

  •   १ वर्ष अघि | २२ भदौ २०८२, आइतवार

ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालको नाममा मुलुकलाई हेप्ने प्रवृत्ति कुनै हालतमा सहन नसकिने बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाभिमानसँग सम्झौता नगर्ने दृढता दोहोर्याए।

ओलीले भने, “राष्ट्रियता कविता होइन, छन्द होइन, क्षणिक स्वार्थ पनि होइन। हामी वाक स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ। सामाजिक सञ्जालका विरुद्धमा नेकपा एमाले छैन, तर नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर कानुन नमानेको कुरा सह्य हुँदैन।”

उनले पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको गतिविधि र केही स्वघोषित बुद्धिजीवीहरूको प्रवृत्ति समाजलाई भड्काउने खालको रहेको आरोप समेत लगाए। “कहलिएका बुद्धिजीवीहरूको चिन्तन नै स्वतन्त्र छैन। आफूलाई ठूलो बुद्धिजीवी ठान्नेहरूले समाजलाई प्रभावित पार्ने गलत अभ्यास गरेका छन्। ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउने प्रयास भए पनि त्यो पुस्ता देशलाई माया गर्ने पुस्ता हो,” ओलीले भने।

सरकारले सामाजिक सञ्जाललाई दर्ता गर्न एक वर्षअघि नै आग्रह गरेको स्मरण गर्दै उनले थपे, “चार जनाको रोजगारी भन्दा देशको स्वाधीनता ठूलो हो। कानुन, संविधान, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तालाई नमान्ने प्रवृत्ति कतै सह्य हुँदैन। स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ र स्वाभिमानबाट नै स्वतन्त्रता सुरक्षित हुन्छ।”

प्रधानमन्त्री ओलीले असमानता घटाउने, विभेद अन्त्य गर्ने र समावेशी नीतिलाई अघि बढाउने पार्टीको अडान पुनः स्पष्ट गरे। उनले छलफलसहित तयार भएको नीतिलाई अंगीकार गर्दै ‘मिसन ८४’ सफल पार्ने प्रतिबद्धता जाहेर गरे।

  • Jigyasanepal

थप